काेराेना सङ्क्रमितकाे सङ्ख्या १० लाख नाघ्ने देश ११ वटा

ज्यान गुमाउनेकाे सङ्ख्या १३ लाख नाघ्याे

 कात्तिक ३०, २०७७ आइतबार १३:१०:४७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण १३ लाखभन्दा धेरैको ज्यान गएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विश्वभर आइतबार बिहानसम्म १३ लाख १८ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डोमिटरले जनाएको छ । 

त्यस्तै अहिलेसम्म पाँच करोड ४३ लाख २८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा तीन करोड ७८ लाख ७१ हजारभन्दा धेरै डिस्चार्ज भएका छन् । 

अहिलेसम्म विश्वका दुई सय १७ देशमा कोरोना सङ्क्रमण देखिएकोमा अमेरिका सबैभन्दा प्रभावित भएको छ । त्यहाँ सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै छ ।

अमेरिकामा अहिलेसम्म एक करोड १२ लाखभन्दा धेरैमा सङ्क्रमण देखिँदा दुई लाख ५१ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै सङ्क्रमण देखिएकामध्ये ६८ लाख ९१ हजारभन्दा धेरै निको भएका छन् । 

कोरोनाबाट प्रभावित देशको दोस्रो नम्बरमा भारत छ । त्यहाँ ८८ लाख १४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख २९ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै सङ्क्रमितमध्ये ८२ लाख पाँच हजारभन्दा धेरै निको भएका छन् । 

सङ्क्रमितको सङ्ख्या ५८ लाख ४८ हजारभन्दा धेरै भएको ब्राजिल कोरोनाबाट प्रभावित देशको तेस्रो स्थानमा छ । त्यहाँ अहिलेसम्म एक लाख ६५ हजारभन्दा धेरैको ज्यान गएकोमा सङ्क्रमितमध्ये ५२ लाख ९१ हजारभन्दा धेरै निको भएका छन् ।  

सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्नेमा फ्रान्स, रुस, स्पेन, बेलायत, अर्जेन्टिना, कोलम्बिया, इटली र मेक्सिकोसहित ११ देश भएका छन् । शनिबारसम्म नाै लाख ९७ हजार सङ्क्रमित रहेकाे मेक्सिकाेमा आइतबार बिहानसम्म १० लाख तीन हजारभन्दा धेरै पुगेका हुन् ।  

नेपालमा अहिलेसम्म दुई लाख आठ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकोमा एक हजार दुई सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै सङ्क्रमितमध्ये अहिलेसम्म एक लाख ७० हजारभन्दा धेरै निको भएका छन् ।

अहिले नेपाल कोरोना प्रभावित देशको ३५ औँ स्थानमा छ । दुई दिन अघिसम्म नेपाल ३४ औँ स्थानमा थियो ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया