‘काेराेनाविरुद्धकाे लडाइँ जित्न कडा अनुशासनकाे पालना गराैँ’

 मंसिर १, २०७७ सोमबार १५:२०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाविरुद्धको लडाइँ जित्न कडा अनुशासनको पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

साेमबार शङ्खधर साख्वाको सालिकमा माल्यार्पणपछि आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । कोरोना कहरका कारण नजिकबाट कुरा गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले अनुशासित बनेर स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एक आपसमा नजिकबाट कुरा गर्न चाहन्छाैँ तर टाढाटाढा बस्नुपर्ने अवस्था छ । टाढा बस्दा पनि मुख छोप्नुपर्ने अवस्था छ । सँगै हिँडेको साथीलाई नचिनेर एकछिन मास्क खोल्नुहोस् भन्नुपर्ने बाध्यता छ । कोभिडसँग जुध्न कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न जरुरी छ । कोरोनाबाट जोगिने, सङ्क्रमण भइहाल्यो भने पनि नआत्तिने । अब कोरोनासँगै यात्रा गर्नुपर्छ तर नभेटिने गरी ।’

उपत्यका मेयर फोरमका सचिवसमेत रहनुभएका मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले चाडबाड मनाउन घर गएकाहरू उपत्यका फर्किने क्रम सुरु भएकाले सङ्क्रमणको जोखिम अझ बढेको बताउनुभयो । उहाँले मङ्सिर महिनालाई अत्यन्त जोखिमयुक्त महिनाको रुपमा लिएर गम्भीरताका साथ काम गर्नुपर्ने बताउनुभयो ।

केही दिनअघि उपत्यका मेयर फोरमले सरकारलाई छठपछि कडा निषेधाज्ञा  जारी गरी उपत्यकाकाे बढ्दो सङ्क्रमणको दरलाई नियन्त्रणमा ल्याउन आग्रह गरेको थियो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया