लाेकप्रियता देखेर आत्तिएकाहरूले सरकारकाे विराेध गरिरहेका छन् : प्रधानमन्त्री ओली

 मंसिर ८, २०७७ सोमबार १५:६:४७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको खेदो खन्नेहरूले विभिन्न बहानामा बाधा निम्त्याएको बताउनुभएको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्सामा समेटी सरकारले फिर्ता ल्याउँदा सरकारको खेदो खन्नेलाई गाह्रो परेको उहाँले बताउनुभयो । 

प्रधानमन्त्रीले गुमेको जमिन फिर्ता आएमा सरकार लोकप्रिय हुने र अझै हाई–हाई हुने भएकाले बिथोल्ने काम भइरहेको तर सरकार कुनै पनि हालतमा राम्रा कमबाट पछि नफर्कने समेत बताउनुभयो । 

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ को घुन्सामा घुन्सा फाउण्डेशनले निर्माण गरेको स्वास्थ्य एकाइ भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले यो सुन्दर ठाउँलाई अझै पर्यटकका लागि झकिझकाउ बनाउनुपर्ने बताउनुभयो । घुन्सावासीका मागलाई सरकारले सम्बोधन गर्ने उहाँले विश्वास दिलाउनुभयो । साथै उहाँले सुन्दर घुन्सा गाउँलाई पर्यटकीय नमुना गाउँ घोषणा गरिसकिएकोले छिटै काम थालनी गरिने पनि बताउनुभयो । 

यस क्षेत्रमा बासिन्दाले उपचार नपाएर ज्यान गुमाउन नहुने भन्दै त्यसको लागि सरकारले पूर्ण सहयोग गर्ने प्रधानमन्त्रीको भनाइ छ । 

उहाँले चीनसँग जोड्ने तमोर करिडोरको काम छिट्टै सकेर चीनसँगको पारवहन सहज हुने बताउनुभयो । कञ्चजनङ्घा, कुम्भकर्ण जस्ता हिमाल रहेको र त्यही मार्गमा पर्ने कम्बाछेनमा रहेको जग्गालाई धनीपुर्जा उपलब्ध गराउन सरकाले प्रक्रिया अगाडि बढाउने उहाँको भनाइ छ । 

अहिले विकासको काम तीव्र गतिमा भएको बताउँदै प्रधानमन्त्री ओलीले जताततै बाटो–घाटो, पुल जोडिएकोले गाउँमा सहज भएको बताउनुभयो । 

सरकारको खेदो खन्नेहरूले मात्र कामको मूल्याङ्कन नगरेको तर वास्तवमा सरकारले धेरै काम गरेको उहाँले दाबी गर्नुभयो । लोकतन्त्र, सङ्घीय गणतन्त्रको लागि काम गर्ने यो सरकारले कुनै कसर नराखी देश र नागरिकका लागि काम गर्ने उहाँले बताउनुभयो ।  

केन्द्र, सङ्घ र पालिका सबै मिलेर देशका लागि काम गर्नुपर्ने बताउँदै ओलीले राम्रो काम गरेर देश र नागरिकको मन जित्ने बताउनुभयो । 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनको सीमावर्ती ओलाङचुङगोलामा स्थापित बीओपीको समेत निरीक्षण गर्नुभयो ।    

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया