हेटौँडा अस्पतालमा आजदेखि आईसीयू सेवा सञ्चालन

 मंसिर १५, २०७७ सोमबार ११:३:५९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौँडा अस्पतालमा आजबाट थप सेवा दिन सुरु गरेको छ । अस्पतालमा सघन उपचार कक्ष आईसीयू तथा उच्च उपचार कक्ष एचडीयू सञ्चालनमा आएको हो ।

सात शैय्याको आईसीयू १० शैय्याको एचडीयू आजदेखि सञ्चालनमा आएको हो । आईसीयू अभावका कारण हेटौँडाका निजी अस्पताल र भरतपुर रेफर हुँदै आएका बिरामीको अब भने हेटौँडा अस्पतालमानै उपचार हुने भएको हो ।

दुवै कक्षको उद्घाटन गर्दै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ८ वर्षअघि आईसीयू कक्ष सञ्चालन गर्ने सपना बल्ल पूरा भएको बताउनुभयो ।

एक जना मात्र डाक्टरले सञ्चालन गरेको इतिहास सम्झँदै मुख्यमन्त्री पौडेलले अब हेटौँडा अस्पतालमा स्वास्थ्य सेवा उच्च रहने बताउनुभयो । कार्यक्रममा मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले आईसीयू सञ्चालनपछि अब निकट भविष्यमा काइडोलोजी र प्याथोलोजी सेवा गरिने बताउनुभयो।

मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका निर्देशक डाक्टर हरि खड्काले आर्थिक अवस्था कमजोर भएकाहरुको लागि आईसीयू कोष स्थापना गरेर सेवा दिने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया