मदन भण्डारी लोकमार्ग अन्तर्गत धरान–चतरा–सिन्धुली–हेटौँडा खण्डको काम अन्तिम चरणमा

 मंसिर २२, २०७७ सोमबार १९:१:४६ | हरि हुमागाईं
unn.prixa.net

सामाजिक सञ्जाल

मकवानपुर : पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा अगाडि बढाइएको मदन भण्डारी लोकमार्ग अन्तर्गत धरान–चतरा–सिन्धुली–हेटौँडा खण्डको काम अन्तिम चरणमा पुगेको छ ।

झापाको बाहुनडाँगीको मिर्चीडाँगी चोकबाट चुरेको फेदी हुँदै पश्चिममा डडेलधुराको रूपाल पुग्ने झण्डै एक हजार दुई सय ५० किलोमिटरको लोकमार्गको दुई सय ५० किलोमिटर लामो यो खण्डमा ९५ प्रतिशत र पुल निर्माण ८५ प्रतिशत सकिएको हो ।

चालु आर्थिक वर्षभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । पहिलो चौमासिकमा यो आयोजनामा तुलनात्मक रुपमा बढी काम भएको सडक विभागले जनाएको छ ।

धरान–चतरा–हेटौँडा खण्डको दुई सय ५० किलोमिटर सडकमध्ये अहिले २५ किलोमिटर सडकमा कालोपत्रको काम भइरहेको निर्देशनालयका प्रमुख उमेशबिन्दु श्रेष्ठले बताउनुभयो । यो खण्डमा ७६ पुल निर्माण गर्नुपर्नेमा दुई पुल मात्रै निर्माण सम्पन्न हुन बाँकी छ । भर्खर ठेक्का सम्झौता भएका बाहेक अरू पुल निर्माण पूरा हुन लागेको हो ।

यही खण्डमा १८ पुल निर्माणका लागि गएको असारमा ठेक्का सम्झौता भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यी पुल सकिन भने अझै साढे तीन वर्ष लाग्ने निर्देशनालयका प्रमुख श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया