निवेदन दर्ता गराउन जाँदा नागरिकलाई वडाध्यक्षको झापड

 साउन ३०, २०७५ बुधबार ७:७:४३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – वडामा भएको विकास निर्माणको काममा अनियमितता भएको शंका लागेर गाउँपालिकामा उजुरी दिन जाँदा एक सर्वसाधारणलाई वडाध्यक्षले कुटपीट गरेको घटना सार्वजनिक भएको छ । धनुषाको औरही गाउँपालिका वडा नं. २ मा विकास निर्माणको काममा अनियमितता भएका भन्दै गाउँपालिका कार्यालयमा निवेदन दर्ता गराउन गएका स्थानीय २७ वर्षका चन्दन पण्डितलाई वडाध्यक्ष अमित कुमार यादवले झापड हानेका हुन् ।

वडा नं. २ परवाहा गुडी टोलमा नाला निर्माण र हुलाकी सडकदेखि भराख जानेबाटोमा ३ सय ३० मिटर पक्की सडक निर्माणमा योजना बमोजिम काम नभएर अनियमितता भएको भन्दै पण्डितले त्यसको लेखाजोखा र मूल्यांकन गरी मात्र रकम निकासा दिन गाउँपालिका कार्यालयमा गएको साउन १३ गते निवेदन दर्ता गराउन जानुभएको थियो । तर त्यो निवेदन प्रमुख प्रशासकीय अधिकृत सुवोध ठाकुरले दर्ता नगरेपछि फर्किने बेलामा वडाध्यक्ष यादवले बाटो छेकेर ‘के को निवेदन हो ?’ हेर्न मागेको तर नदिँदा खोसेर हेरी किन निवेदन दिन गएको भन्दै धाकधम्की गालीगलौज गर्दै झापडले हिर्काएको पीडित पण्डितले गुनासो गर्नुभयो ।     

वडाध्यक्षबाट कुटिएका पण्डितले जिल्ला प्रशासन कार्यालयमा साउन १५ गते वडाध्यक्ष यादवमाथि कारवाहीको माग गर्दै उजुरी दिनुभएको छ ।

 
‘वडामा सार्वजनिक निकायबाट भएको विकास निर्माणको विषयमा जान्न बुझ्न खोज्नु र एउटा सचेत नागरिकको हैसितले त्यसलाई रोक्न सम्बन्धित निकायमा पुग्नु मेरो हक हो कि होइन ?’ पीडित पण्डितले प्रश्न गर्दै भन्नुभयो ‘तर काममा चित्त नबुझे छानविन गरी मात्र भुक्तानी दिन भनि निवेदन दिन जाँदा वडाध्यक्षलाई के को आपत्ति ? बाटोछेकेर धाकधम्की दिने, कुटपीट गर्ने म माथि अन्याय भएको छ । वडाध्यक्षलाई कारवाही हुनुपर्छ ।  मैले न्याय पाउनुपर्छ ।’
 
यस विषयमा वडाध्यक्ष यादवले आफुले कुटपीट नगरेको दाबी गर्दै के निवेदन हो भनेर हेर्न मात्र खोज्दा उल्टै जथाभावी बोलेपछि  पण्डितलाई हप्काएको बताउनुभयो ।

निवेदन दर्ता नभएको विषयमा औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरले पण्डितले मूल्यांकन गरी मात्र भुक्तानी दिन दिवेदनमा उल्लेख गरेकाले आर्थिक वर्षको अन्तमा भुक्तानी दिन समस्या हुने भएकाले निवेदन दर्ता नगरेको स्वीकार गर्नुभयो । उहाँले पण्डितलाई सम्झाई बुझाई गरेपछि निवेदन दर्ता नगराएको समेत दावी गर्नुभयो ।
 
यता प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले निवेदन दर्ता गराउन गएको निहुँमा वडाध्यक्षले कुटपीट गरको भए छानविन गरेर दोषीलाई  कारवाही हुने बताउनुभयो ।    
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

1 Comments

  • धनेश्वर यादव

    Aug. 15, 2018, 12:38 p.m.

    दिन भरी त नाशा मा टुन हुन्छ चन्दन पंडित

  •  0 Reply

तपाईको प्रतिक्रिया