रुकुम पश्चिममा सडक निर्माणको विषयमा विवाद हुँदा झडप, चार जना घाइते

 पुस १०, २०७७ शुक्रबार १८:८:२९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – सडक निर्माणको विषयमा विवाद बढेपछि भएको झडपमा रुकुम पश्चिमको चौरजहारीमा चार जना घाइते भएका छन् । 

चौरजहारी नगरपालिका ४ मेलैनाउलीमा दोहोरो झडप नियन्त्रणको लागि प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको छ । पुरानो बाटो हुँदा हुँदै बन्द गरेर अर्को ठाउँमा सडक निर्माण गर्न खोज्दा झडप भएको हो । पुरानो ठाउँबाटै सडक सञ्चालन गर्नुपर्ने र नयाँ ठाउँमा सडक बनाउन खोज्ने समूहबीच लामो समयदेखि विवाद रहेको थियो ।

झडपमा त्यही वडाका ४२ वर्षीय शंकर जैसी, कृष्णप्रसाद जैसी, सुरेश शर्मा र बहादुर जैसी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते शंकरलाई थप उपचारको नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया