हेलिकप्टरले चार पटक पानी खसाले पनि नियन्त्रणमा आएन पाथीभरा जङ्गलकाे आगाे

 पुस १३, २०७७ सोमबार १९:४२:३७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको जङ्गलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट पाथीभरा मन्दिरको उत्तरपट्टि केही तल भिरमा रहेको थान जलेको छ । 

काठमाण्डौबाट आएको सिम्रिक एअरको हेलिकप्टरले पानी खसालेर आगो नियन्त्रण गर्न खोजे पनि नियन्त्रणमा नआएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले बताउनुभयो । 

हेलिकप्टरमार्फत चार पटक पानी खसाले पनि आगो नियन्त्रणमा नआएको प्रमुख जिल्ला अधिकारी चापागाईँले बताउनुभयो । 

अहिले पूजा गरिँदै आएको मन्दिर क्षेत्रमा आगो नपुगे पनि मन्दिर वरिपरिको क्षेत्र भने जलेर नष्ट भएको पाथिभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्ले बताउनुभयो ।  

​काफ्लेका अनुसार मन्दिर जोगाउने र डढेलो नियन्त्रणको प्रयास भइरहेको छ । पाथीभरा क्षेत्रमा पानीको अभावका कारण पनि आगो नियन्त्रणमा नआएको हो । मन्दिर जोगाउन मन्दिरमा टाँगिएका ध्वजापताका, डोरीलगायतका आगोले चाँडो टिप्ने वस्तुलाई भने बटुलेर अन्यत्रै जलाइएको छ । 

निर्देशक काफ्लेका अनुसार डढेलो मन्दिरभन्दा केही तल रहेको फोहर व्यवस्थापन गर्ने केन्द्रबाट मन्दिरतर्फ अघि बढिरहेको छ । 

गएको बिहीबारदेखि फुङ्लिङ नगरपालिका ११ को फावाखोलामा रहेको सिम्बु सामुदायिक वन क्षेत्रबाट आगलागी सुरु भएको हो । कसरी आगलागी सुरु भयो भन्नेबारे अनुसन्धान भइरहेको पनि प्रजिअ चापागाईँले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया