पाथीभरा क्षेत्रमा लागेको डढेलोमा सयौँ पशुपक्षी मरेको अनुमान, हिउँ वा पानी परे मात्रै आगो नियन्त्रण गर्न सकिने

 पुस १४, २०७७ मंगलबार १२:०:५४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको डढेलोमा सयौँ पशुपक्षी मरेकाे अनुमान गरिएको छ । विश्वमा दुर्लभ मानिने रेडपाण्डालगायत पशुपक्षी पाइने यो जङ्गलमा गएकाे ६ दिनदेखि डढेलो लागिरहेको छ । आगो अहिले पनि अनियन्त्रित छ ।

आगलागीका कारण पाथीभरा क्षेत्रको फावाखोला जङ्गल र सिकैचा क्षेत्रको जङ्गलसमेत जलेको छ । हावा चलेकाले पनि आगो एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै फैलिरहेको पाथिभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।

पाथीभरा देवीको मुख्य थानमा आगो लागे पनि अहिले पूजा गरिँदै आएको मन्दिरमा भने अग्नि रेखा बनाएर जोगाउने प्रयास गरिरहेको उहाँले जानकारी दिनुभएकाे छ । हिउँ वा पानी नपरेसम्म आगो निभाउन नसक्ने अवस्था रहेको पाथिभरा क्षेत्र विकास समितिका निर्देशक काफ्लेले बताउनुभयो । पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जङ्गलमा आगो प्रवेश गरे मानवबस्तीमा पनि क्षति हुने उहाँले बताउनुभयो ।

काठमाण्डौबाट आएको सिम्रिक एअरको हेलिकप्टरले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि आगो निभेको छैन । हिजो (साेमबार) हेलिकप्टरबाट पाँच पटकसम्म पानी खसाले पनि आगो निभेको थिएन ।

आज (मङ्गलबार) पनि  हेलिकप्टरबाट पानी फ्याँक्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो ।

गएको बिहीबारदेखि  फुङलिङ नगरपालिका ११ को फावाखोलामा रहेको सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डढेलो पाथीभरा मन्दिर नजिकै पुगेको हो । आगलागीको कारण अझै खुलेको छैन । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् ।   

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया