ताप्लेजुङ : आगलागीले रेडपाण्डाको बासस्थान नष्ट, झण्डै १२५ हेक्टर वनक्षेत्र जलेकाे अनुमान

 पुस १६, २०७७ बिहिबार ९:३१:९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङको पाथीभरा क्षेत्रमा लागेको डढेलोका कारण दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान नष्ट भएको छ । 

७ देखि १२ वटासम्म रेडपाण्डा रहेको वनक्षेत्र आगलागीले सखाप भएको रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । रेडपाण्डाको लागि महत्त्वपूर्ण क्षेत्रमा डढेलो लागेपछि रेडपाण्डा संकटमा परेका रेडपाण्डाको संरक्षणका लागि काम गर्दै आएको हिमाली संरक्षण मञ्चले जनाएको छ । 

सात दिनअघि सुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको झण्डै १ सय २५ हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयको अनुमान छ । डढेलो फैलिरहेकाले कति वनक्षेत्रमा क्षति पुग्छ भन्ने आँकलन गर्नसमेत नसकिएको वन कार्यालयले जनाएको छ ।

हिउँ वा पानी नपरेसम्म आगो निभाउन सक्ने अवस्था नरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाइले बताउनुभयो । पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जङ्गलमा आगो प्रवेश गरे मानव बस्तीमा पनि क्षति हुने उहाँले बताउनुभयो । हेलिकोप्टरबाट पानी खसालेर आगो नियन्त्रण गर्ने प्रयास गरे पनि त्यो सम्भव भएन । 

अहिले पनि स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया