सुरुङ खनेर घर भित्र पसेर महिलाको बलात्कार, प्रहरीले उजुरी लिन मानेन

 साउन ३१, २०७५ बिहिबार १५:५२:१९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरमा एक महिलामाथि जबरजस्ती करणी भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२३ कि २५ वर्षीया एक महिलाले गएको मंगलबार राति आफूमाथि जबरजस्ती करणी गरेको बतएकी छन् ।

गएको मंगलबार राति जनकपुर विद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारी महोत्तरी एकडाँडा गाउँपालिका–३, बस्ने ४१ वर्षका रामरोहित मण्डल सुरुङ खनेर घरभित्र पसी आफूलाई मुखथुनेर जबरजस्ती करणी गरेको पीडित महिलाको आरोप छ ।

पति वैदेशिक रोजगारमा रहेको र तीनजाना छोराछोरीसँग सुतिरहेको मौकाछोपी कर्मचारी मण्डलले बलात्कार गरेको पीडित महिलाले बताएकी छन् । ती महिलाले विद्युत प्राधिकरणकामा घरमा विद्युत जडान गर्न निवेदन दिएकी थिइन् ।

दुई दिनअघि कर्मचारी मण्डल मिटर जडान गर्न भन्दै पहिला घर हेर्न गएका थिए । घरमा पसेर कहाँ मिटर ठोक्ने भन्दै पुरै घर हेरेको र त्यसपछि रातिको समयमा घरमा सुरुङ खनेर पसी बलात्कार गरेको पीडित महिलाले दुखेसो पोखेकी छन् ।

घटनाको दुई दिन बित्दा समेत अहिलेसम्म जिल्ला प्रहरी कार्यायल धनुषाले कर्मचारी मण्डललाई पक्राउ गरेको छैन । पीडित महिलाले उजुरी दर्ता गराउन जाँदा समेत प्रहरीले उजुरी दर्ता नगरेपछि पीडित महिलाका छिमेकहरु आक्रोशित भएका छन् ।

उनीहरुले घटनामा संलग्न दोषी कर्मचारीलाई प्रहरीले बचाउ गर्न खोजेको भन्दै अहिले जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएका छन् । उजुरी दर्ता गरेर दोषीमाथि कारबाही नभए कडा आन्दोलन गर्ने स्थानीयबासिन्दाले चेतावनी समेत दिएका छन् ।

घटनापश्चात पीडितकाे बयानअनुसार प्राधिकरणका कर्मचारी मण्डललाई नियन्त्रणमा लिएर साेधपुछ गर्दा घटना घटेकाे बेला उनी अाफ्ना कर्मचारीहरुसँग भएकाले उनलाई छाेडिएकाे र घटनाकाे अनुसन्धान भैरहेकाे धनुषाका प्रहरी उपरीक्षाक गाेविन्द थपलियाले बताउनुभयाे ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया