‘होनाहार’ विदेशी नागरिकलाई यूएईले नागरिकता दिने

 माघ १८, २०७७ आइतबार १३:४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्नो देशको विकासका लागि काम गर्न सक्ने विदेशी नागरिकलाई नागरिकता दिने भएको छ । 

यूएईका उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक्तुमले यूएईलाई अझ राम्रो बनाउन सक्ने लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारजस्ता क्षमतावान् ‘होनाहार’ व्यक्तिलाई नागरिकता दिन लागिएको बताउनु भएको हो । 

यस्ता व्यक्ति र उनीहरूका परिवारले पनि दोहोरो नागरिकता राख्न पाउने उहाँले बताएका बीबीसी हिन्दीले लेखेको छ । कम आय भएका व्यक्तिले यो प्रावधानमार्फत नागरिकता पाउन भने कठिन रहेको खबरमा उल्लेख गरिएको छ । 

यूएईको विकासको  यात्रामा योगदान गर्न सक्ने व्यक्तिहरुलाई आकर्षित गर्न यस्तो प्रावधान ल्याएको उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक्तुमले बताउनु भएको छ । 

 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया