कोरियन वनको मूल्य बढ्यो, रियाल, दिर्हाम र दिनाको मूल्य स्थिर

 भदौ ३, २०७५ आइतबार १०:५३:१८ | उज्यालो सहकर्मी

काठमाडौं – आइतबार रियाल, दिर्हाम र दिनारको मूल्य बढेकाे छैन । मलेसियन रिंगिट र कोरियन वन भने आइतबार केही पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रिदर ३० रुपैयाँ ९१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २६ पैसा र बिक्रिदर २७ रुपैयाँ ४१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रिदर १० रुपैयाँ रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६८ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ३ सय ७० रुपैयाँ ८९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ८३ पैसा र बिक्रिदर २ सय ९८ रुपैयाँ ४२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया