अरुण तेस्रो परियोजनाबाट ड्याम साइटका १४ घर जोखिममा

 भदौ ३, २०७५ आइतबार १५:४:५७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा — पूर्वी पहाडी जिल्ला संखुवासभामा निर्माणाधीन बहुचर्चित अरुण–३, जलविद्युत परियोजनाको ड्याम साइडका १४ घर जोखिममा परेका छन् ।

मकालु गाउँपालिका–३, का स्थानीय दलबहादुर राई, मेघराज राई, नरेस राई, रुकमान राई र मेघनाथ राईलगायतका १४ घर परिवार जोखिममा परेका हुन् । आयोजनाको ड्याम साइड निर्माण स्थलमा रहेका ती नयाँ बस्ती जोखिममा परेको हो ।

सुरुङ निर्माणका क्रममा बस्ती मूनिका चट्टान फुटाउँदा र चट्टान फोर्न विस्फोटक पदार्थ पड्काउँदा जमिन चिरिएर पहिरो जान सक्ने सम्भावना प्रबल रहेको स्थानीय दलबहादुर राईले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘घरमूनिबाट सुरुङ खनेर आयोजनाको काम भइरहेको छ, यसरी निर्माण कार्य चलिरहँदा पहिरो जानसक्ने भएकाले आफूहरुलाई सुरक्षित स्थानमा सार्न माग गरेको हो ।’

मकालु–३, मा रहेको दलबहादर राईलगायतका ५ ओटा घर पूर्ण विस्थापितमा परेको मकालु  गाउँपालिकाकी कार्यवहाक अध्यक्ष चमेली  राईले बताउनुभयो । उहाँको अनुसार यी ५ घरपरिवारलाई मुआब्जा दिएर स्थायी रुपमा सुरक्षित स्थानमा सारिनुपर्छ भनेर माग गरिएको छ । तर अन्य ९ घरपरिवारलाई तत्कालका लागि आवास निमार्णमा लाग्ने खर्च उपलब्ध गराउने र सुरक्षित ठाउँमा स्थानान्तरण गरिनेछ ।

आयोजनाको निमार्ण कार्य सकिएपछि उनीहरुलाई सोही स्थानमा पुर्नस्थापना गराउने तयारीमा रहेको राईले जानकारी दिनुभयो । त्यसका साथै त्यो बस्तीका जमिन आयोजनाले आवश्यकता अनुसार मुआब्जा दिएर अधिग्रहण गर्न लागेको हो ।

आयोजनाको निर्माण कार्य चलिरहेको समयमा कुनै पनि बेला त्यो बस्तीमा पहिरो जान सक्ने र मानवीय जोखिम हुने देखिएकाले मकालु गाँउपालिका र स्थानीयले सुरक्षित स्थानमा सारिनु पर्ने माग गर्दै सतलज कम्पनीलाई पटक–पटक ध्यानाकर्षण गराएपछि परियोजना सुरक्षित स्थानमा सार्न सकारात्मक भएको स्थानीयको भनाई छ ।

निमार्ण कार्यले असर पर्ने सम्भावित क्षेत्रमा सतलज कम्पनी र लगानी बोर्डले चिचिला र मकालु गाउँपालिकाका अध्यक्षसहितको टोली लिएर साउन ३१ बाट अनुगमन सुरु गरेको थियो । यसअघि नै पावरहाउस निर्माण स्थल जाने अरुण–३, को प्रवेशमार्गबाट ५ घर विस्थापित भइसकेका छन् ।

तर उनीहरुले अहिलेसम्म क्षतिपूर्ति नपाएको स्थानीयहरुको गुनासो छ । ९ सय मेघावाट विद्युत्त उत्पादन गर्ने त्यो जलविद्युत्त आयोजना भारतीय सतलज कम्पनीले काम गर्दै आएको छ । सन् २०२२ सम्म आयोजनाको काम पूरा हुने जनाइएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया