मकवानपुरमा ट्रक र बस ठोक्किँदा तीन जनाको ज्यान गयो, १० घाइते

 फागुन २९, २०७७ शनिबार ८:३१:४७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको मनहरि गाउँपालिका-६ सुनाचुरीमा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । बसमा रहेका अरु १० जना घाइते भएका छन् ।

बिहान ३ बजे वीरगन्जबाट चितवनका लागि छुटेको ना ४ ख ५१४९ नम्बरको बस र चितवनबाट हेटौँडाका लागि छुटेको ना ६ ख ८९  नम्बरको ट्रक ठोक्किएर दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो।

दुर्घटनामा परेर बस चालक वीरगन्ज-१५ का ३५ वर्षका मदनकुमार थापा, बसमा रहेका भारत सिस्वाका ४० वर्षका अभयलाल कुश्वाह र भारत विहारका ४० वर्षका सुनिलकुमारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले बताउनुभयो

घाइते भएकाहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बसका चालक थापा र सुनिलकुमारको उपचारको क्रममा चितवनमा रहेको पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौँडा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया