आफ्नो सम्पूर्ण तलबभत्ता समाजसेवामा खर्च गर्ने वडाध्यक्षको घोषणा

 भदौ ४, २०७५ सोमबार १३:१:५६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष सुदर्शन सिंहले आफूले पाउने सम्पूर्ण तलब भत्ता समाजसेवामा खर्च गर्ने घोषणा गर्नुभएको छ ।

सोमबार बिहान पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष सिंहले निर्वाचित भएको दश महिनामा आफूले पाएको तलब पहिलो चरणमा सडक मर्मतमा खर्च गर्ने घोषणा गर्नुभएको हो ।

गएको १० महिनमा तलबबापत पाएको २ लाख ५० हजार र भत्ताबापत पाएको ४५ हजार गरी जम्मा २ लाख ९५ हजार वडा भित्र पर्ने सडकको खाल्डाखुल्डी पुर्ने बताउनुभयो ।
 
वडामा पर्ने २४ वटा सडक मध्ये जीर्ण एवं खाल्डाखुल्डी रहेको सडकमा तत्काल मर्मत गर्ने वडाध्यक्ष सिंहको भनाई छ ।

‘जनकपुर उपमहानगरपालिकाका २५ वटा वडामध्ये सबभन्दा बढी जनसंख्या भएको यो वडा हो । र वडाध्यक्षमा जनताले मलाई सबैभन्दा बढी मतले जिताएका छन्’, वडाध्यक्ष सिंहले भन्नुभयो, ‘त्यति बेला नै मैले आफ्नो सम्पूर्ण तलबभत्ता समाजमै खर्च गर्ने निधो गरेको थिएँ । बल्ल १० महिनापछि तलबभत्ता पाएको छु । र अब खर्च गर्छु भनेर सार्वजनिक गरेँ ।’
 
उहाँले अब पाउने तलबभत्ता समाजमा रहेका वृद्धवृद्धाहरुलगायत समाजकै उत्थानमा खर्न बताउनुभयो ।  जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा २५ वटै वडामा विकास निर्माणमा खर्च गर्न ५१ लाखको दरले विनियोजन गरेको थियो ।

वडा नं. ४ सबभन्दा बढी १५ हजार १ सय ३३ जनसंख्या र सबभन्दा बढी सडक बाटो पनि भएकाले त्यति रकम थोरै भएको गुनासो गर्दै वडाध्यक्ष सिंहले विकास काजलाई गति दिन नसकेको बताउनुभयो । 

प्रत्येक वर्षमा यस वडामा कम्तीमा २ करोड विनियोजन गर्दा उपयुक्त हुने वडाध्यक्ष सिंहको भनाई छ ।   


 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया