त्रिदेशीय टी–२० खेल्न मलेसिया र नेदरल्याण्ड्सको टोली नेपालमा

 चैत ३१, २०७७ मंगलबार १७:५२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

नेदरल्याण्ड्सकाे क्रिकेट टाेली

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट खेल्न मलेसिया र नेदरल्याण्ड्सको टोली नेपाल आइपुगेको छ । वैशाख चार गतेदेखि कीर्तिपुर मैदानमा हुने नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीचको टी–२० शृङ्खला खेल्न दुवै देशको टोली मङ्गलवार बिहान नेपाल आइपुगेको हो ।

त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) को एक टोलीले मलेसिया र नेदरल्यान्ड्सको टोलीलाई स्वागत गरेको छ  ।

मलेसियाकाे क्रिकेट टाेली

नेपाल आएका खेलाडीको कोरोना परीक्षण हुनेछ । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरू मैदान प्रवेश गर्न पाउनेछन् ।

शृङ्खलाको पहिलो खेल वैशाख चार गने नेपाल र नेदरल्याण्ड्सले खेल्नेछन् । नेपालका २० जना खेलाडी अहिले बन्द प्रशिक्षणमा रहेका छन् ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया