त्रिदेशीय टी–२० क्रिकेटमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो

 बैशाख ५, २०७८ आइतबार १६:२४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा आठ विकेट गुमाएर एक सय ७६ रन मात्रै बनाउन सक्यो ।

मलेसियाका लागि विरनदिप सिंहले ८७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । नेदरल्याण्ड्सका आर्यन दत्त, बास दि लिडी र सेवस्तियान ब्राटले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा दुई विकेट गुमाएर एक सय ९१ रन बनायो । उसका लागि म्याक्स ओ डाउदले एक सय ३३ रन बनाए ।

शनिवार भएको पहिलो खेलमा नेदरल्याण्ड्स नेपालसँग नाै विकेटले हारेको थियो । नेपालले साेमवार (भाेलि)  मलेसिया र मङ्गलवार नेदरल्याण्ड्ससँग खेल्नेछ । त्यस्तै नेपालले लिग चरणको अन्तिम खेल ९ गते मलेसियासँग खेल्नेछ ।

प्रतियोगितामा एक टाेलीले दुई/दुई खेल खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते हुनेछ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया