तुम्लिङ्गटार—हिले सडक मर्मतका लागि दैनिक ९ घण्टा अवरुद्ध हुने

बिहान ५ घण्टा र बेलुकी ४ घण्टा मर्मत गरिने

 भदौ ६, २०७५ बुधबार १६:१३:४७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा — पूर्वी पहाडी जिल्ला संखुवासभा र धनकुटाको हिले जोड्ने तुम्लिङ्गटार–हिले सडकखण्डमा यात्रुहरूलाई समस्या भएको भन्दै सडकको स्तरोन्नति गरिने भएको छ ।

संखुवासभाको तुम्लिङ्गटार हुदै धनकुटाको हिले निस्कने सडकखण्ड अन्तर्गत सभाखोला देखि सातटारे सम्मको सडक तीन मिटरको मात्रै भएको हुदाँ यातायात संचालनमा समस्या भएको भन्दै सडक चौडा पारिने भएको हो । 

सडक चौडा गर्नका लागि बुधबारदेखि दैनिक ९ घण्टा सडकमा यातायात बन्द गरेर काम सुचारु गरिएको निर्माण कम्पनीले जनाएको छ । 

सडकको चौडा सानो हुँदा यातायात सञ्चालनमा समस्या भएकाले दैनिक बिहान ६ बजे देखि ११ बजे सम्म र दिउँसो २ बजे देखि बेलुकी ६ बजेसम्म सडक चौडा पार्ने काम सुचारु गर्नका लागि सरोकारवाला सबैमा जानकारी गराई काम सुरुवात गरिएको तुम्लिङ्गटार सडक डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख त्रिलोकनाथ घिमिरेले बताउनुभयाे । 

सडक स्तरोन्नतिको समयमा वैकल्पिक मार्ग सभाखोलादेखि खराङ्ग हुदै पिलुवा निस्कने सडक प्रयोग गर्न जिल्ला प्रशासनसंग अनुमति मागेको समेत डिभिजन प्रमुखले जानकारी दिनुभयो । आजबाट शुरु भएको सडक चौडा गर्ने काम भदौ मसान्तसम्म एक महिना लाग्ने उहाँले जानकारी दिनुभयाे । 

तुम्लिङ्गटारको सभाखोला हुर्दै लेगुवादेखि हिलेसम्म निस्कने सडकखण्ड कच्ची भएका कारणले बेहाल छ ।

त्यसमाथि सानो सडक हुँदा झन समस्या भएको यात्रुहरुको भनाई छ । यो सडक संखुवासभाबाट धरान, धनकुटा, बिराटनगर र काठमाडाैं जाने मुख्य सडक हो । 


 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया