त्रिदेशीय टी–२० शृङ्खला : नेदरल्याण्ड्सले मलेसियालाई दियो एक सय आठ रनको लक्ष्य

 बैशाख ८, २०७८ बुधबार १५:१०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत नेदरल्याण्ड्सले मलेसियालाई एक सय आठ रनको लक्ष्य दिएको छ ।

पानी परेपछि १३ ओभरमा झारिएको खेलमा नेदरल्याण्डले १३ ओभरमा चार विकेट गुमाएर एक सय सात रन बनायो । उसका लागि बेन कुपरले अविजित ५४ रन बनाए । मलेसियाका मोहम्मद वाफिकले दुई विकेट लिए । 

नेदरल्याण्ड्सले १० ओभर दुई बलमा तीन विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहीबेर रोकिएको थियो । पानीले खेल प्रभावित भएपछि १३ ओभरमा छोट्याइएको हो ।

आज नेदरल्याण्ड्स विजयी भएमा फाइनल पुग्नेछ भने नेपाल पनि एक खेलअघि नै फाइनलमा जानेछ । आज हारेमा मलेसिया प्रतियोगिताबाट बाहिरिनेछ ।

नेपाल र नेदरल्याण्ड्सको समान चार/चार अङ्क छ भने मलेसियाले अङ्क जोड्न सकेको छैन ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया