नेपालीको श्रम गन्तव्य साउदीमा फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण

 जेठ ६, २०७८ बिहिबार १२:१५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालीको श्रम गन्तव्य देश साउदी अरबमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ ।

सङ्क्रमण दर घट्दै गएको साउदीमा झण्डै ९ महिनापछि पुन बढ्न थालेको साउदीको स्थानीय सञ्चार माध्यम अरब न्युजले उल्लेख गरेको छ । इस्लाम धर्मावलम्बीको महान् चाड इद मनाएको एक हप्तापछि नै कोरोनाको सङ्क्रमण दर दैनिक एक हजारले बढेको हो ।

हिजो बुधबार साउदीमा एकै दिन १२ सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यही सङ्क्रमण दर २० अगस्ट २०२० मा थियो ।

झण्डै ९ महिनापछि साउदीका विभिन्न ठाउँहरूमा एक सयभन्दा बढी कोरोनाको केशहरू भेटिएको छ । मक्कामा ३४९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने रियादमा ३३४, पूर्वी भेगमा १४८ र मदिनामा १०४ नयाँ केश भेटिएको हो ।

अहिलेसम्म साउदीमा ४ लाख ३६ हजार २३९ जनामा सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । 

साउदीले पछिल्लो समय कोरोना विरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ । मोबाइल एप्लिकेशनमार्फत अग्रिम दर्ता गराई मिति र समय तोकी निःशुल्क खोप प्रदान गरिरहेको छ । साउदीमा कार्यरत नेपाली नागरिकलाई पनि यथाशीघ्र खोप अभियानमा समावेश हुन त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया