मलेसियामा आजदेखि लकडाउन, दूतावास पनि अत्यावश्यक काममा लागि मात्र खुल्ने

 जेठ १८, २०७८ मंगलबार १२:५९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामा आजदेखि आवागमन निषेध आदेश लागू भएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि मलेसिया सरकारले फेरि देश व्यापी आवागमन निषेध आदेश (लकडाउन) जारी गरेको हो । आज अर्थात् जुन १ देखि दुई हप्ताका लागि मलेसिया सरकारले लकडाउन घोषणा गरेको हो । यो अवधिमा अत्यावश्यक बाहेक सम्पूर्ण सामाजिक र आर्थिक गतिविधि बन्द रहनेछ ।

मलेसिया सरकारले निषेधाज्ञा लागू गरेसँगै मलेसियामा रहेको नेपाली दूतावासले पनि अत्यावश्यक र कन्सुलर सेवाका लागि स्थानीय समय अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कार्यालय खोल्ने जनाएको छ । यो अवधिभर सुरक्षित रही मलेसिया सरकारले जारी गरेको नियमको पालना गर्न दूतावासले अनुरोध गरेको छ । 

साथै, मलेसिया नेपाल हवाई उडान खोल्नसमेत दूतावासले सरकारसँग अनुरोध गरेको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया