मैले पढाएका विद्यार्थी राजनीतिको शीर्ष स्थानमा छन् : सभामुख महरा

 भदौ ९, २०७५ शनिबार २०:३३:४६ | रासस
unn.prixa.net

काठमाडौ – सभामुख कृष्णबहादुर महराले आफूले पढाएका धेरै विद्यार्थी देशकै राजनीतिकको शीर्ष स्थानमा पुगेको बताउनुभएको छ ।

आफूलाई धेरैले ‘महरा सर’ भनेर सम्बोधन गर्ने गरेको उल्लेख गर्दै भन्नुभयो, ‘मैले अध्यापन गराएका वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री हुनुहुन्छ । पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश नं ५ का आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी मेरै विद्यार्थी हुनुहुन्छ । केही विद्यार्थी अर्कै पार्टी खोलेर त्यसको प्रमुख पनि हुनुभएको छ ।’

विद्यालयमा पढाएको विद्यार्थी मात्रै नभई राजनीति पढाएको पनि विद्यार्थी रहेको भन्दै सभामुख महराले आफूलाई राजनीतिकरुपमा भन्दा पनि सरकै रुपमा चिन्ने गरेको उल्लेख गर्नुभयो । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति काठमाडौँले आयोजना गरेको एसइई सम्मान कार्यक्रम–२०७५ लाई सम्बोधन गर्दै उहाँले आफू सरकै रुपमा स्थापित भएकामा खुशी व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘पढ्ने तथा पढाउने काममा अल्छी नगर्नुस् किनकी देश तपाईहरुको हातमा छ ।’ शिक्षा क्षेत्रमा धेरै सुधार गर्नुपर्ने विषय रहेको भन्दै सभामुख महराले शिक्षालाई मौलिक हकका रुपमा स्थापित गर्नुपर्ने र त्यसमा सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । 

उहाँले विद्यार्थीलाई उत्कृष्ट शिक्षा लिन र भावी दिनमा देशको नेतृत्व लिने तवरले काम गर्न आग्रह गर्नुभयो । उहाँले शिक्षक र विद्यार्थीलाई आआफ्नो जिम्मेवारी निर्वाह गर्नसमेत अनुरोध गर्नुभयो । सरकारले लिएको समृद्धिको लक्ष्य पूरा गर्न शिक्षा क्षेत्रबाट महत्वपूर्ण योगदान दिन सभामुख महराको आग्रह थियो । कार्यक्रममा सभामुख महराले एसइई परीक्षमा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्नुभएको थियो । 

यस्तै प्रदेश नं ३ का प्रदेशसभा सदस्य दीपक निरौलासमेत सम्मानित हुनुभएको थियो । कार्यक्रममा प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठले प्याब्सनको गतिविधिका बारेमा जानकारी गराउँदै शैक्षिक क्षेत्रको उन्नयनका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • chandra shah

    Aug. 25, 2018, 9:08 p.m.

    आखिर यिनले नि त्यहि बुर्जुवा शिक्षा पढेका रहेछन नि है /

  •  0 Reply

तपाईको प्रतिक्रिया