चार जिल्लामा आजदेखि र ६१ जिल्लामा भोलिदेखि निषेधाज्ञा सकिँदै

 जेठ ३०, २०७८ आइतबार ९:३२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ६१ जिल्लामा भोलिदेखि र चारवटा जिल्लामा आजदेखि निषेधाज्ञा सकिँदैछ । यी जिल्लामा  निषेधाज्ञा थप्ने तयारी छ ।  यसअघि निषेधाज्ञाको अवधि सकिएका ९ जिल्लाले निषेधाज्ञा थपिसकेका छन् । सप्तरीमा भने अर्को निर्णय नभएसम्मका लागि आंशिक निषेधाज्ञा लगाइएको छ ।

सप्तरी, ताप्लेजुङ र मुस्ताङमा आंशिक र बाँकी ७२ वटा जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा छ । दाङमा आउँदो असार १ गतेसम्म, हुम्ला, रामेछाप र सल्यानमा असार २ गतेसम्म, भोजपुर, धनकुटा र चितवनमा असार ३ सम्म, गोरखामा असार ५ सम्म र उदयपुरमा असार ७ गतेसम्म निषेधाज्ञा छ । कोरोना सङ्क्रमणको जोखिम कम रहेका कारण अहिलेसम्म खोटाङ र मनाङ जिल्लामा भने निषेधाज्ञा लगाइएको छैन ।

पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाण्डौ उपत्यका तथा तराईमा पाँच सय सक्रिय सङ्क्रमित भए जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया