कञ्चनपुर घटनाको विरोधमा गुल्मीका महिलाले बुझाए सीडीओलाई ज्ञापनपत्र

 भदौ १०, २०७५ आइतबार १६:४८:५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – कञ्चनपुरको घटनाको विषयलाई लिएर सरकार प्रति ध्यानाकर्षण गराउँदै गुल्मीका महिलाहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल महिला संघ गुल्मीले आइतबार गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ज्ञापन पत्र पठाएका छन् । उनीहरुले कञ्चनपुर घटना प्रति सरकार गम्भीर नभएको र उदासिन बनेको आरोप समेत लगाएका छन् 

ज्ञापन पत्रमा सरकार आन्दोलनलाई दवाउन लागिपरेको र पुनः १४ वर्षीय बालक सन्नि खुनाको निर्ममतापूर्वक हत्या गरेर आफ्नो चरित्र झनै उदांगो पारेको उल्लेख गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउँदै नेपाल महिला संघकी सभापति लक्ष्मी पाण्डेले प्रहरीसँग न्याय माग्न जाँदा घटनालाई ढाकछोप गर्दै जानु र घटनास्थलमा उपलब्ध प्रमाणहरुलाई मेटाउँदै घटनालाई थप गम्भीर मोडतर्फ लैजान खोज्नुले नेपाल प्रहरीको व्यवसायीक संगठनको स्वच्छ छविलाई समेत थप शंकाको घेरामा उभ्याएको बताउनुभयो । 

कञ्चनपुर घटनाको उच्चस्तरीय समिति मार्फत घटनाको पुनः अनुसन्धान गरी सत्य तथ्य सूचना नागरिकलाई सरकारले दिनुपर्ने उनीहरुको भनाई छ । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया