टी–२० विश्व कप यूएईमा सारियाे, बीसीसीआईले पुष्टि गर्‍याे

 असार १४, २०७८ सोमबार १९:३३:१० | एजेन्सी
unn.prixa.net

तस्बिर : बीसीसीआई

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप यूएईमा हुने पक्का भएको छ । भारतमा तय भएको विश्व कप कोरोना महामारीका कारण यूएईमा हुने पक्का भएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का सचिव जय शाहले बताउनुभएको क्रिकेटसम्बन्धी वेबसाइट क्रिकबजले लेखेको छ । यसबारेमा आईसीसीलाई आज बेलुकीसम्म जानकारी दिइने बीसीसीआईले जनाएको छ । 

यसअघि सन् २०२० मा अस्ट्रेलियामा हुने भनिएको टी–२० विश्व कप कोरोना महामारीका कारण रद्द भएको थियो । 

‘हामीले प्रतियोगिता यूएईमा सार्दैछौँ र आज बेलुकीसम्म आईसीसीलाई जानकारी दिनेछौँ’, बीसीसीआईका सचिव शाहले भन्नुभयो । शाहका अनुसार बीसीसीआईले विश्व कपको पहिलो चरणका खेल ओमानमा गर्न प्रस्ताव गरेको छ । 

‘खेल तालिका पछि प्रकाशित गरिनेछ । हामी चाँडै नै जानकारी दिनेछौँ’, बीसीसीआईका सचिवले भन्नुभयो ।    

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया