१५ वर्षदेखि मलेसियामा कार्यरत सप्तरीका एक युवाको ज्यान गयो

 असार २४, २०७८ बिहिबार ११:५२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरीका एक जना युवाको मलेसियामा ज्यान गएको छ । 

सप्तरीको राजविराज नगरपालिका १५ का ४० वर्षीय मदन कुमार शर्माको मलेसिया ज्यान गएको हो । 

१५ वर्षदेखि मलेसियाको  भीसीआई कम्पनीमा कार्यरत मदनलाई केही समयदेखि ज्वरो आएको भए पनि ढिलो गरी अस्पताल लगिएको र उपचारको क्रममा मलेसियाको एक अस्पतालमा ज्यान गएको परिवारले जनाएको छ । 

कम्पनीले समयमा अस्पताल नलग्दा मदनको ज्यान गएको परिवारले आरोप लगाएका छन् । मृतकको शव यथा सक्दो चाँडो नेपाल ल्याइदिन परिवारले सरकारसँग अनुरोध गरेका छन् । मदनको २ छोरा र एक छोरी रहेका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया