प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका २५ समाजिक परिचालक पक्राउ

 भदौ १२, २०७५ मंगलबार १४:४५:२१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका २५ जना समाजिक परिचालकलाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई मंगलबार दिउँसो १२ बजे मुख्यमन्त्री कार्यालयको अगाडिबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

गएको असारबाट कामबाट निकालिएका प्रदेश २ का ८ सय ५४ जना सामाजिक परिचालकहरु पुनर्बहालीको माग गर्दै गएको साउन २७ गतेबाट सरकार विरुद्ध आन्दोनल गर्दै आएका छन् ।   

उनीहरुले निरन्तर मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना दिएर नाराबाजी गर्ने गरेका छन् ।

नेपाल सरकारले पूर्ण सेवा सुविधा उपलब्ध गराई हाललाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनु पर्ने र योग्यताको आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नु पर्ने सहितको दुई बुँदे समाजिक परिचालकहरुको छ ।

लामो सयम थोरै तलब भत्तामा भए पनि जनताको सेवा गरेको, तर सरकारले कामबाट हटाउँदा उमेर हद लगायतका विभिन्न कारण रोजगारी पाउन समस्या भएकाले माग सम्बोधन नभएसम्म आन्दोलन गरिरहने समाजिक परिचालक संघ प्रदेश २ का अध्यक्ष शिवशंकर मेहताले बताउनुभयो ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया