यूएईको दुबई राज्यमा जान खोप लगाएको प्रमाण नचाहिने

 साउन २७, २०७८ बुधबार ११:७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स यूएईको दुबई राज्यमा जान अब कोरोना भाइरस विरुद्धको खोप लगाएको प्रमाण नचाहिने भएको छ ।

नेपाल, भारत, पाकिस्तान र श्रीलङ्काबाट दुबई आउनेले यूएई सरकारले तोकेका अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नु परे पनि कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र भने पेस गर्नु नपर्ने यूएईको स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् । तर यो नियम यूएईको अन्य राज्यमा भने लागू हुने छैन । 

कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र आवश्यक नभए पनि यूएई जाने नेपालीले सबैभन्दा पहिला त यूएईको सम्बन्धित निकायमा अनलाइनबाटै यूएई प्रवेशका लागि अनुमति लिनुपर्छ । ४८ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ ।

नेपालको विमानस्थलमा र्‍यापिड पीसीआर परीक्षण गरेको हुनुपर्नेछ भने यूएईको विमानस्थलमा अवतरण भए पछि पनि पीसीआर परीक्षण गर्नुपर्छ । 

क्वरेण्टीन लगायतका यूएई सरकारले तोकेको अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ । तर नेपालबाट जाने यात्रुको विमानस्थलमा र्‍यापिड पीसीआर परीक्षणको व्यवस्था नहुँदा दुबई उड्न विमानस्थल पुगेका यात्रुसमेत फर्किएका छन् ।

यूएई जाने जहाज रित्तै गएको छ । नेपाल एयरलाइन्सले र्‍यापिड पीसीआर परीक्षणको व्यवस्था नभएसम्म यूएई जाने यात्रु नलैजाने बताएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ramesh

    Aug. 11, 2021, 12:03 p.m.

    छिटो भन्दा छिटो गर्नु परो यता जागिर जाने हो कि भन्ने मान्छे लाई तनाव भइ सको

  •  0 Reply

तपाईको प्रतिक्रिया