कोरोनाको कारण फर्कन नपाएकाको आवासीय भिसा दुबईले डिसेम्बर ९ सम्म स्वतः बढाइदिने

 साउन २९, २०७८ शुक्रबार १५:१२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दुबईले आवासीय भिसा भएका तर कोरोनाको कारण यूएई फर्कन नपाएका आप्रवासी श्रमिकको भिसा आउँदो डिसेम्बर ९ सम्म स्वतः बढाइदिने भएको छ । 

कोरोना महामारीको कारण यूएईले यात्रामा प्रतिबन्ध लगाउँदा यूएई फर्कन्न नपाएका र यही अवधिमा भिसाको अवधि सकिएका आप्रवासी श्रमिकको भिसा अवधि आउँदो डिसेम्बर ९ सम्म स्वतः बढाइदिने भएको हो ।

कोरोना महामारीको कारण नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का लगायतका देशका नागरिकलाई यूएईले यात्रामा प्रतिबन्ध लगाएको थियो । तर पछिल्लो समय गएको अगस्ट ५ देखि विभिन्न स्वास्थ्य सुरक्षाको मापदण्डसहित यूएईले प्रवेश खुला गरेको छ । 

जो प्रतिबन्धका कारण यसअघि यूएई फर्कन पाएनन् उनीहरूको आफ्नो भिसाको अवस्था अनलाइनमार्फत पनि जाँच गर्न सक्छन् । 

यूएई जानु पूर्व नै यात्राको लागि अनुमति लिनुपर्छ भने अन्य स्वास्थ्य सुरक्षाको मापदण्ड पनि अनिवार्य पालना गर्नुपर्छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया