खाडी र मलेसियामा ५४५ जना नेपाली श्रमिक जेलमा, २५ जनालाई मृत्यु दण्डको सजाय

 भदौ १, २०७८ मंगलबार १६:५७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीका लागि खाडीका ६ देश र मलेसिया गएका ५४५ जना नेपाली त्यहीको जेलमा थुनिएका छन् ।

वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न मुद्दामा ५४५ नेपाली श्रमिक जेल परेका हुन्। जेलमा ५ सय २६ जना पुरुष र १९ जना महिला रहेका छन् । 

जेलमा रहेका नेपाली मध्ये २५ जनालाई त मृत्यु दण्डको सजाय सुनाइएको छ । बोर्डका अनुसार कुवेतमा ३ जनालाई यूएईमा १ जनालाई, मलेसियामा १६ जनालाई र साउदी अरबमा पाँच जना नेपाली श्रमिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

 १६ जनालाई भने आजीवन कारावासको सजाय तोकिएको छ । कुवेतमा ९ जनालाई, यूएईमा ४ जनालाई र कतारमा  ३ जनालाई आजीवन कारावासको सजाय तोकिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । 

बहराइनमा २ जना नेपालीलाई २५ वर्षको जेल सजाय तोकिएको छ भने कुवेत, कतार र बहराइनमा एक एक जनालाई १५ वर्षको जेल सजाय भएको छ । 

३६ जना नेपालीहरूलाई १५ वर्षभन्दा कम जेल सजाय तोकिएको छ ।  कुवेतमा ३१, यूएईमा ४ र बहराइनमा १ गरी ३६ जना नेपाली १५ वर्षभन्दा कमको जेल सजाय भोगिरहेका छन् । 

यस्तै २९ जनालाई १० वर्षभन्दा कम, १ जना पाँच वर्षभन्दा कम, ४४ जनालाई  एक वर्षभन्दा कम, ७५ जनालाई तीन महिनाभन्दा कमको जेल सजाय तोकिएको छ । २ सय ९३ जनाको सजाय तोक्न बाँकी रहेको र १८ जनालाई जरिवाना तोकिएको बोर्डले जनाएको छ ।

कुन देशमा कति 

वैदेशिक रोजगार बोर्डका अनुसार खाडीको देश कुवेतमा ३ जना महिला र ५५ जना पुरुष गरी ५८ जना,  यूएईमा १२ जना महिला र १७३ जना पुरुष गरी १ सय ८५ जना, ओमानमा २ जना महिला र १ जना पुरुष गरी ३ जना, साउदीमा ५४ जना, कतारमा ३५ जना र बहराइनमा ५ जना रहेका छन्  ।

मलेसियामा २ जना महिला र २०३ जना पुरुष गरी २०५ जना जेलामा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया