जुम्लामा निषेधाज्ञा १५ दिन थपियाे, धार्मिक जात्रा नहुने

 भदौ १, २०७८ मंगलबार १८:२९:५५ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्ला थप १५ दिन निषेधाज्ञा थपिएकाे छ । काेराेना सङ्क्रमणकाे जाेखिम कायमै रहेकाले निषेधाज्ञा १५ दिन थपिएकाे हाे । साेमवार बसेकाे कोभिड व्यवस्थापन समितिको बैठकले आउँदाे भदाै १५ गतेसम्म दिउँसो ४ बजेदेखि बन्द हुँदै आएको बजार यथावत् रहने गरी निषेधाज्ञालाई निरन्तरता दिएको हाे ।     

यसैबीच कोरोना सङ्क्रमणका कारण यस वर्ष पनि जुम्लामा धार्मिक जात्रा नहुने भएका छन् । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमण बढ्दै गइरहेको तथा काेराेनाकाे तेस्रो भेरियन्ट सङ्क्रमणको जाेखिम पनि रहेकोले सबै धार्मिक मेला गर्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले जानकारी दिनुभयो । 

यस निर्णयले ऐतिहासिक चन्दननाथ मन्दिरको जात्रासहित अन्य मेला सञ्चालन गर्न नपाइने भएकाे छ । 

यस्तै बैठकले पालिकाले काेराेनाकाे सम्भावित तेस्रो लहरकाे रोकथामको कार्ययोजना बनाउने समेत निर्णय गरेको छ । बैठकमा कोरोना सङ्क्रमण दरमा कमी नआएकाले सचेत रहन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । 

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको प्रतिवेदनअनुसार जुम्लामा अहिलेसम्म १६ जनाको कोरोनाका कारण ज्यान गएको छ । यसैगरी अहिलेसम्म एक हजार दुई सय ४४ जनामा सङ्क्रमण पुष्टि भएकाेमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय पाँच रहेकाे छ ।  

बैठकमा व्यवसाय गर्ने अनिवार्य मास्क तथा स्यानिटाइजर राख्नुपर्ने सुझावसमेत दिइएको छ । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले संक्रमितको पहिचान गरी उपचार गर्न परीक्षणको दायरा बढाउनुपर्नेमा जोड दिनुभयो ।   

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया