मलेसियामा कोरोना संक्रमण दर तीव्र, एकै दिन २४ हजार बढी संक्रमित

 भदौ १०, २०७८ बिहिबार १५:९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली श्रमिकहरुको लागि आकर्षक रोजगारी गन्तव्य देश मानिएको मलेसिया लामो समयदेखि कोरोना महामारीसँग जुधिरहेको छ । त्यहाँ दिनप्रतिदिन कोरोनाको दर बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

मलेसियामा दैनिक २० हजार भन्दा बढी कोरोनाका संक्रमित थपिने गरेका छन् । आज एकै दिन २४ हजार ५९९ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । एकै दिन यति धेरै संक्रमित देखिएको यो पहिलो पटक हो ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ८० प्रतिशत कोरोनाको खोप लाउँदै नलाएका तथा पूर्ण मात्रा नलगाएकाहरु छन् । मलेसियाका स्वास्थ्य महानिर्देशक तान श्री नूर हिशामले नयाँ संक्रमितहरुमध्ये ९७ प्रतिशतमा कुनै लक्षण नदेखिएको बताउनुभएको छ ।

यस्तै मलेसियामा हिजो कोरोनाका कारण २ सय ६५ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ४६ जना गैर मलेसियन रहेको जनाइएको छ । सेलांगोरमा मात्रै एक सय ५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म मलेसियामा १४ हजार ८ सय १८ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

मलेसियाले कोरोनाको उच्च जोखिम रहेको भन्दै नेपालसहित बंगलादेश, भारत, पाकिस्तान श्रीलंकाबाटका उडान प्रतिबन्ध लगाएको छ । यी देशका उडान मलेसियामा ट्रान्जिट भएर पनि जान पाउँदैनन् । तर कूटनीतिक नियोगका कर्मचारी तथा मलेसियन नागरिकहरुले भने स्वास्थ्य मापदण्ड पालना गरि प्रवेश गर्न पाउँछन् । 

मलेसियामा अहिले कोरोना संक्रमणको दर हेरेर विभिन्न क्षेत्रअनुसार प्रतिबन्धमा कडाइ वा खुकुलो बनाइएको छ । मलेसियामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया