राधाकृष्ण घटनाको अनुसन्धान  फितलो भएको भन्दै बजार बन्द

 भदौ १५, २०७५ शुक्रबार २०:४६:६ | नेत्र शाही

जुम्ला – राधाकृष्ण बुढ्थापाको मृत्युसम्बन्धमा दोषी पत्ता नलगाएको भन्दै शुक्रबार स्थानीयहरुले जुम्ला बन्द गराएका छन् । 

गएको साउन २० गते चन्दननाथ नगरपालिका २ का राधाकृष्ण बुढ्थापाको मृत्यु भएको घटनाले ठूलो रुप लिँदै गएको छ । 

घटना भएको २५ दिन नाघे पनि अनुुसन्धान फितलो भएको भन्दै स्थानीयहरु आक्रोसित हुदै गएका छन् ।

नयाँ शक्ति नेपालका पूर्व संयोजक तथा नेता बुढ्थापाको मुख्यबजारबाट बिजयनगर जाने जुगाडखोलामा रहस्यमय मृत्यु भएपछि आफन्तहरुले दोषी पत्ता लगाउन भन्दै लगातार रुपमा आन्दोलन गर्दै आएका छन् ।

शुक्रबार चन्दननाथ नगरपालिका वडा नं २ र ३ ढाँणथपाला क्षेत्रका  युवाहरुले हातमा लाठी बोकेर बजार बन्द गरेका छन् । उनीहरुले बजार, होटल, यातायात शैक्षिक संस्था, कार्यालयहरु समेत बन्द गराएका छन् । 

घटनाको दोषी पत्ता नलगाउँदासम्म अनिश्चितकालीन बन्द गरिएपछि टाढाबाट आएका व्यक्तिहरु अलपत्र परेका छन् । 

बजार बन्द भएपछि चन्दननाथ नगरपालिकाले आयोजना गरेको वार्षिक उत्सव पनि स्थगित गरेको छ । यसैगरी घटनाहरु दोहोरिइरहेका कारण नागरिकहरुमा त्रास बढ्दै गईरहेको छ । 

घटनाको आशंकामा किटानी जाहेरी परेका दुईजनाको भने अदालतमा बयान सुरु भएको र अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी बिष्णु पौड्यालले बताउनुभयो ।
  

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया