१६ हजार २ सय ३३ नमुना परीक्षण गर्दा २ हजार २ सय ९५ जनामा काेराेना सङ्क्रमण

 भदौ १४, २०७८ सोमबार १६:४३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार दुई सय ३३ जनाको नमुना परीक्षण गर्दा दुई हजार दुई सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १४ दशमलव १३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ४४ हजार चार सय ८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार आठ सय आठ जना सङ्क्रमित निको भएका छन् । योसहित सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १४ हजार पाँच सय २० पुगेको छ ।

यही अवधिमा थप १६ जनासहित कोरोना सङ्क्रमणबाट अहिलेसम्म १० हजार सात सय ३० जनाले ज्यान गुमाएका छन् ।

अहिले नेपालमा ३५ हजार आठ सय ७४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये पाँच सय ६८ जनाको आईसीयू र एक सय ६० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया