अफगानिस्तानबाट ८३३ जना नेपालीको उद्धार, बाँकीको स्वदेश फिर्ती कहिले होला ?

 भदौ १६, २०७८ बुधबार १०:४९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  अफगानिस्तानबाट ८ सय ३३ जनाको उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार हिजो मंगलबार  थप ५ जनाको उद्धार भएसँगै जम्मा ८ सय ३३ जनाको उद्धार  भएको हो । काबुलमा बाँकी रहेका नेपालीको उद्धारमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेको नेपालीको विभिन्न अन्तर्राष्ट्रिय मिसनहरूसँग समन्वय गरेर सरकारले उद्धार गरिरहेको छ । काबुलमा रहेको अमेरिकी मिसनमा काम गर्ने नेपालीहरूलाई अमेरिकी मिसनले नै स्वदेश फर्काएको छ । अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकको उद्धार गरिसकेको  जनाएको छ भने अमेरिकी सेनाले पूर्ण रूपमा अफगानिस्तानबाट फिर्ता भइसकेका छन् । 

अफगानिस्तानमा बाँकी रहेको सबै नेपालीको उद्धारका लागि छलफल र समन्वय तीव्र रूपमा भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । 

‘अहिले त्यहाँ बाँकी रहनुभएकाहरु सुरक्षित स्थानमा हुनुहुन्छ र सुरक्षित हुनुहुन्छ, उहाँहरूको उद्धारका लागि सरकारले पहल गरिरहेको छ,’ प्रवक्ता लम्सालले भन्नुभयो,‘हामी छिट्टै उहाँहरूको उद्धारका लागि प्रबन्ध मिलाउँछौँ ।’

काबुल विमानस्थलमा हमला भएपछि परिवारहरू चिन्तामा छन् । अहिले पनि सरकारले त्यहाँ रहेका र सरकारको सम्पर्कमा नआएकाहरूलाई जतिसक्दो छिटो सम्पर्कमा आउन भनिरहेको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया