आज पनि काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा निकाे हुने धेरै

 भदौ १६, २०७८ बुधबार १७:०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज बुधवार पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३० जना कोरोना सङ्क्रमणमुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज निकाे हुनेसहित अहिलेसम्म काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या सात लाख १९ हजार तीन सय ३६ पुगेकाे छ । 

यस्तै पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार नौ सय ३५ जनाको नमुना परीक्षण गर्दा दुई हजार ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासहित नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या आठ लाख ४८ हजार दुई सय चार पुगेकाे छ । 

यही अवधिमा थप २० जनाले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार सात ७० पुगेको छ । 

नेपालमा अहिले ३४ हजार एक सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये पाँच सय ६३ जनाकाे आईसीयूमा र एक सय ७० जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया