चन्द्रागिरि खुलेकै दिन आज दुई हजार जना पुगे

 भदौ १९, २०७८ शनिबार १९:३७:४२ | रासस
unn.prixa.net

तस्बिर रासस

काठमाण्डाै - कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केबलकार आजदेखि सञ्चालनमा आएको छ । 

चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहका अनुसार झण्डै पाँच महिनापछि केबलकार सञ्चालनमा आउँदा आज पहिलो दिन दुई हजार जनाले यात्रा गरेका छन् । उहाँले स्वास्थ्य मापदण्डको पालना गरेर केबलकार सञ्चालन गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, 'सरकाले तोकेका स्वास्थ्यका मापदण्ड पालना गरेका छौँ, ठाउँ–ठाउँमा स्यानिटाइजरको व्यवस्था छ, मास्कविना प्रवेशमा रोक लगाइएको छ, यहाँ फराकिलो क्षेत्र भएकाले खास भीडभाड नहुने हुनाले पनि कोरोनाको डर कम छ ।' उहाँले सर्वसाधारणका लागि केबलकार सञ्चालन आजदेखि गरे पनि रिसोर्ट गएकाे असारबाट नै खुलाइएको जानकारी दिनुभयो । 

यसैगरी आजदेखि चन्द्रागिरिमा जीप लाइन पनि सञ्चालनमा आएको छ । आज त्यहाँ पुगेकामध्ये कतिपयले जीप लाइनको मज्जा पनि लिएका थिए । काठमाण्डौ खाल्डोको एक आकर्षक एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास भएको यस चन्द्रागिरि हिल्समा आजदेखि जीप लाइन पनि थपिएको हो ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया