एमाले जुम्लाकाे अध्यक्षमा शान्तिलाल महत, ५६ जना जनप्रतिनिधि एमालेमै भएको दाबी

 भदौ २०, २०७८ आइतबार २१:६:१२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत चयन हुनु भएको छ । एमाले जिल्लाका अध्यक्ष तिर्थ बुढा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेपछि एमाले जुम्लाले अध्यक्ष पदका लागि शान्तिलाल महतसहितको नयाँ कमिटी विस्तार गरेको छ । 

नेकपा एमाले जुम्लाले गरेको कार्यकर्ता भेलामा अध्यक्ष महतसहितको १४९ जना जिल्ला कमिटी गठनका लागि प्रस्ताव गरेको छ ।  प्रस्तावित कमिटीको भने सोमवार हुने बैठकले अनुमोदन गर्ने नेकपा एमाले जुम्लाले जानकारी दिएको छ । 

हिजाे नेकपा एकीकृत समाजवादीले आफ्नो कित्ता छुट्याएपछि एमाले जुम्लाले कार्यकर्ताको शक्ति प्रदर्शन गर्दै पछिल्लो दिन आइतवार उद्योग वाणिज्य सङ्घको हलमा भेला सम्पन्न गरेको हो । भेलामा नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, पूर्व राज्यमन्त्री बलबहादुर महतले सम्बाेधन गर्नुभएको छ । 

बाेगटीले एमाले विभाजन पछिको समसामयिक राजनितिक अवस्थाका विषयमा सम्बाेधनसहित कार्यकर्तालाई निर्देशन गर्नुभएको छ । नेता बाेगटीले एमाले अब नयाँ शिराबाट अगाडि बढ्नु पर्ने बताउनुभयो । 

पूर्व राज्यमन्त्री बलबहादुर महतले जुम्लामा एमालेका संस्थापकनै भएकाले एमाले भएकाले सबैभन्दा ठूलो पार्टी भएको दाबी गर्नुभयो ।

बहुमत जनप्रतिनिधि एमालेमै रहेको दाबी

जुम्लामा नेकपा एमालेमा बहुमत जनप्रतिनिधि भएको दाबी गरिएको छ । जिल्लाभरि पार्टी विभाजन पछि जनप्रतिनिधि र पार्टीको अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गरिएको छ । 

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले जुम्लाका ६० वडामा एमालेका ९३ जना जनप्रतिनिधि रहेकोमा ५६ जना एमालेमै रहेको दाबी गर्नुभयो । उहाँले एक अध्यक्ष, ६ वडाध्यक्ष, ४९ जना वडा सदस्य एमालेमै रहेको दाबी गर्नुभयाे । 

चन्दननाथ नगरपालिका वडानम्बर ७ का सदस्य काली कामीले आफूले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरे पनि एमालेमै रहेको घोषणा गर्नुभएकाे छ । यद्यपि, २२ गतेसम्म सनाखत गर्ने अवधि भएकाले एमाले र नेकपा एकीकृत समाजवादीमा कति जनप्रतिनिधि कता भन्ने अन्तिम नतिजा नआएको निर्वाचन आयोग जुम्लाले जनाएको छ ।

पार्टीकाे अवस्थाको विषयमा चन्दननाथ नगरपालिकामा धर्मेन्द्र रोकाया, कनकासुन्दरी गाउँपालिकाको मानबहादुर रोकाया, सिञ्जाको युवराज बम, हिमामा जयबहादुर खत्री, तिलामा शान्तिनाथ योगी, तातोपानीमा सुरतबहादुर शाही, गुठिचौरमा प्रेमबहादुर बुढा र पातारासीमा हंश रोकायाले पाटी विभाजन पछिको अवस्था प्रस्तुत गरेका थिए ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया