यूएई : भिसा नियम खुकुलो, गोल्डेन भिसावाहकले राष्ट्रिय प्रायोजकविनै त्यहाँ बस्न पाउने

 भदौ २१, २०७८ सोमबार १६:६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अब यूएईले प्रदान गर्ने गोल्डेन भिसावाहक आप्रवासीले राष्ट्रिय प्रायोजकविना नै त्यहाँ बस्न, काम गर्न तथा अध्ययन गर्न पाउने भएका छन् ।

खलीज टाइमका अनुसार यूएईले आफ्नो देशको भिसा नियमलाई खुकुलो बनाएको छ । यूएई सरकारले विभिन्न ५० वटा नयाँ आयोजना ल्याउँदै छ । तीमध्ये एक भिसासम्बन्धी व्यवस्था पनि हो । यो व्यवस्थाले भिसा प्रक्रियालाई सहज र थप प्रभावकारी बनाउने जनाइएको छ । 

नयाँ नियमअनुसार गोल्डेन भिसाको लागि म्यानेजर, सीईओ, वैज्ञानिक, इन्जिनियर, स्वास्थ्य शिक्षा व्यापार, प्रविधिसँग सम्बद्ध व्यक्तिहरुले आवेदन दिन सक्नेछन् । 

यसबाहेक, प्रक्रिया दीर्घकालीन निवास प्राप्त गर्नको लागी अत्याधिक कुशल र विशेष बासिन्दाहरु, लगानीकर्ताहरु, उद्यमीहरु, वैज्ञानिकहरु, अग्रणी विद्यार्थीहरु र स्नातकहरुको लागि सहज बनाइएको छ ।

यस्तै यूएई सरकारको पछिल्लो निर्णय अनुसार व्यापार यात्राको लागि दिइने तीन महिनाको अवधि लम्ब्याएर ६ महिना बनाएको छ । अब यूएईमा रहेका आप्रवासीले आफ्नो परिवारका सदस्यहरुलाई भिसा स्पोन्सर गर्न पनि सक्नेछन् । यस्तै कारणबस जागिर गुम्यो वा भिसाको म्याद सकियो भने पहिले एक महिनासम्म मात्र यूएईमा बस्न मिल्थ्यो । अब त्यो समय लम्ब्याएर तीन महिना सम्म बस्न मिल्ने बनाएको छ ।

पछिल्लो समय यूएई आप्रवासीहरुप्रति उदार बन्दै गएको छ । योसँगै त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिकहरु पनि यी नयाँ नियमबाट लाभान्वित हुनेछन् ।
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया