पाटन दरबार क्षेत्र रहेको ‘पाटन सङ्ग्रहालय’ भोलिदेखि खुला गरिने

 भदौ २२, २०७८ मंगलबार ९:१९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुर महानगरपालिकाको पाटन दरबार क्षेत्र रहेको ‘पाटन सङ्ग्रहालय’ भोलिदेखि खुला गरिने भएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भोलिदेखि  सङ्ग्रहालयलगायत दरबार क्षेत्रका  अन्य पर्यटकीय स्थलसमेत खुलाइने जानकारी दिनुभयो ।

निषेधाज्ञासँगै गएको वैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द गरिएको थियो । कोभिड-१९ अघि दैनिक झण्डै चारदेखि पाँच सय आगन्तुकले सङ्ग्रहालय भ्रमण गर्ने गरेको थिए । 

दरबार क्षेत्र खुलाउने कुरा अघि बढेसँगै आफूहरू तयारी अवस्थामा रहेको पाटन दरबार सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताउनुभयो । पाटन सङ्ग्रहालय नजिकैको दरबार स्क्वायर क्षेत्र भने सधैँजसो हरेक उमेर समूहका मानिसले भरिभराउ हुने गरेको देखिन्छ । 

दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले समेत ३५ औँ कला नगरि घोषणा गरिसकेको छ । यो क्षेत्रमा देशकै शिखर शैलीमा ढुङ्गैढुङ्गाबाट बनेको २१ गजुर भएको कृष्ण मन्दिर अनि भीमसेन मन्दिर तथा चारनारायण मन्दिर र नरसिंह मन्दिर रहनाका साथै अशोक स्तम्भ र हिरण्यवर्ण महाविहार आदिसमेत रहेका छन्।

पाटनमा सबैभन्दा लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि पनि मनाइन्छ । पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीहरूको पुरानो थलो पनि हो । 

पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका सामग्री निर्माण हुन्छ । काठमाण्डौ उपत्यकाका तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो सहरका रूपमा परिचित छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया