गुल्मीमा जीप दुर्घटना : १४ घाइते, तीन जनाको अवस्था गम्भीर

 भदौ १६, २०७५ शनिबार १९:३८:४१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – मालिका गाउँपालिका दर्लिङ्गमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

सदरमुकाम तम्घासबाट नेटा दर्लिङतर्फ जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप शनिबार दर्लिङ्गमा दुर्घटना भएको हो । 

घाइतेहरुमध्ये ८ जनालाई उपचारका लागि जिल्ला अस्पताल तम्घासतर्फ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक रोशन खड्काले बताउनु भएको छ । शनिबार दिउँसो २ बजे १४ जना यात्रुहरु बोकेर नेटा दर्लिङ्गतर्फ जाँदै गर्दा दर्लिङ्गमा ओरालो सडकमा चिप्लिएका कारण जीप दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा जीप चालकसमेत घाइते भएका छन् ।

दुर्घटना भएको जीप सडकवाट ५० मिटर तल खसेको स्थानीय मोहन घिमिरेले जानकारी दिनु भएको छ । घाइतेहरुलाई एम्बुलेन्स र पिकअप भ्यानबाट सदरमुकाम तम्घासतर्फ ल्याइँदै गरिएको छ । 

दुर्घटना भएको ठाउँ सदरमुकाम तम्घासदेखि ४५ किलोमिटर उत्तर पश्चिममा पर्दछ । घटनाको जानकारी पाए लगत्तै मुसिकोट नगरपालिका –१, अन्र्तगत पौदी अमराईदेखि प्रहरीटोली घटनास्थलतर्फ पुगेको छ । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया