कोरोना सङ्क्रमण दर ११ प्रतिशतभन्दा तल झर्‍याे

 भदौ २४, २०७८ बिहिबार १६:५७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर ११ प्रतिशतभन्दा तल झरेको छ । एन्टिजेन र पीसीआर गरी ११ हजार नौ सय ४४ जनाको नमुना परीक्षण गर्दा १२ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

२४ घण्टामा परीक्षण गरिएकामध्ये १० दशमलव ६४ प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको छ । धेरै लामो समयपछि आज बिहीवार सङ्क्रमण दर १० प्रतिशतमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका थपिने सङ्क्रमितभन्दा निको हुनेहरू धेरै भएका छन् । २४ घण्टामा एक हजार आठ सय ४५ जना निको भएका छन् भने एक हजार दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १८ सय ४५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेकोे सङ्ख्या सात लाख ३५ हजार ६ पुगेको छ । नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ६० हजार आठ सय ६ पुगेको छ । 

यस्तै यही अवधिमा थप १४ जनाले सङ्क्रमणबाट ज्यान गुमाएसँगै काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय तीन पुगेको छ । अहिले २८ हजार ६ सय ७८ जना सक्रिय सङ्क्रमित रहेकामा चार सय ५८ जनाको आईसीयू र एक सय ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया