नेपालमा कोरोना सङ्क्रमण दर १० प्रतिशत नजिक झर्‍याे

 भदौ २५, २०७८ शुक्रबार १६:५६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमण दर १० प्रतिशत नजिक झरेको छ । पछिल्लो २४ घण्टामा १० हजार नौ सय १६ जनाको नमुना परीक्षण गरेकोमा एक हजार एक सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १० दशमलव ४९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएकाे हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ६१ हजार नौ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६ सय ६० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३६ हजार ६ सय ६६ जना पुगेको छ ।

यही अवधिमा थप २१ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय २४ पुगेको छ ।

अहिले २७ हजार नौ सय ५८ जना सक्रिय सङ्क्रमित रहेकामा चार सय ५८ जनाको आईसीयू र एक सय ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा २९ हजार एक सय ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ५१ लाख २० हजार आठ सय ५७ जना र एक मात्रा लगाउनेको सङ्ख्या ५७ लाख ४० हजार तीन सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया