वेस्ट इन्डिजका चन्द्रपउलले विराटनगर वारियर्सबाट ईपीएल खेल्ने

 भदौ २७, २०७८ आइतबार ११:२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वेस्ट इन्डिजका हेमराज चन्द्रपउलले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । चन्द्रपउलले विराटनगर वारियर्सबाट चौथो संस्करणको ईपीएल खेल्ने भएका हुन् ।

विराटनगरले चन्द्रपउललाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । उनले वेस्ट इन्डिजका लागि ६ एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । चौथो संस्करणको ईपीएल क्रिकेट आउने असोज ९ देखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट सङ्घ (क्यान) ले मान्यता दिसकेको छ । साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै भैरहवा ग्ल्याडियटर्स, काठमाण्डौ किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्ने छन् । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया