थप १ हजार ४ सय ८६ जनामा कोरोना पुष्टि, अहिलेसम्म ५२ लाखले लगाए पूर्ण मात्रा खोप

 भदौ २८, २०७८ सोमबार १६:३०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर एक हजार चार सय ८६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार पाँच सय ३९ वटा नमुना परीक्षण गर्दा एक हजार चार सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज परीक्षण गरिएका नमुनामध्ये आठ दशमलव ९८ प्रतिशतमा सङ्क्रमण देखिएको छ । आज थपिएकासहित नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या आठ लाख ६५ हजार तीन सय ४३ पुगेको छ

यस्तै थप एक हजार दुई सय ६० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४० हजार सात सय १७ पुगेको छ । 

यही अवधिमा थप १० जनाले सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय ६५ पुगेको छ । 

अहिले नेपालमा २६ हजार ६ सय ३० जना सक्रिय सङ्क्रमित रहेकामा चार सय ७५ जनाको आईसीयू र एक सय ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

२४ घण्टामा ९१ हजार आठ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा ५८ लाख ३३ हजार ३८ जनाले पहिलो मात्रा र ५१ लाख ९८ हजार एक सय ९३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया