२४ घण्टामा १ हजार ७ सय ६० जनामा काेराेना सङ्क्रमण

५४ लाखभन्दा धेरैले लगाए पूर्ण खाेप

 भदौ ३०, २०७८ बुधबार १७:५७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप एक हजार सात सय ६० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा एक हजार सात सय ६० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १० दशमलव ४४ प्रतिशतमा सङ्क्रमण देखिएको छ । थपिएकासहित नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ६८ हजार ६ सय ६५ पुगेको छ ।

थप एक हजार दुई सय २० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४३ हजार पाँच सय २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यस्तै यही अवधिमा सात जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नौ सय ९१ पुगेको छ ।

अहिले नेपालमा २६ हजार तीन सय सात जना सक्रिय सङ्क्रमित रहेकामा चार सय सात जनाको आईसीयू र एक सय २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

२४ घण्टामा दुई लाख ९९ हजार एक सय ३३ जनाले काेराेनाविरुद्धकाे खोप लगाएका छन् । अहिलेसम्म एक करोड १४ लाख १९ हजार चार सय जनाले खोप लगाएकामा ५४ लाख १५ हजार चार सय जनाले पूर्ण मात्रा र ६० लाख चार हजार जनाले पहिलो मात्रा खोप लगाएका छन् । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया