२४ घण्टामा १ हजार ६६ जनामा काेराेना पुष्टि, १२ सय ३४ जना सङ्क्रमणमुक्त

 असोज २, २०७८ शनिबार १७:२५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा देशभर एक हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार तीन सय ८५ जनाको नमुना परीक्षण गर्दा एक हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये नौ दशमलव ३६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७२ हजार आठ सय पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ३४ सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४७ हजार आठ सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यही अवधिमा थप १६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार २८ पुगेको छ । 

अहिले नेपालमा २५ हजार ८२ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ८९ जनाको आईसीयू र एक सय २१ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेको छ । 

यस्तै २४ घण्टामा एक लाख ७० हजार तीन सय १७ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । योसहित नेपालमा ५५ लाख ६१ हजार आठ सय ८५ जनाले कोरोनाविरुद्धको पूर्ण मात्रा र ६१ लख ९८ हजार नौ सय ३६ जनाले एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया