मलेसियामा आफ्नो कानुनी अवस्था सुधारेर वैधानिक रुपमा रहन दूतावासको आग्रह

 असोज ८, २०७८ शुक्रबार १७:५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई गैर कानुनी अर्थात् ‘अनडकुमण्टेड’ भएर नबस्न आग्रह गरेको छ । मलेसियाको सरकारले त्यहाँ गैर कानुनी भएर रहेका आप्रवासी श्रमिकलाई जरिवाना तिरेर आफ्नो कानुनी अवस्था सुधार्न मौका दिएको छ ।

अनडकुमेण्टेड हुँदा नेपाली श्रमिक जेल पर्ने गरेको पाइएको भन्दै समयमै मलेसिया सरकारले प्रदान गरेको अवसरको फाइदा उठाइ आफ्नो कानुनी अवस्था सुधार्न दूतावासले आग्रह गरेको हो ।
अहिले अवैधानिक भएकाहरुलाई मलेसियाको सरकारले डिसेम्बर अन्तिम सम्म घर फर्किनको लागि रिक्यालिब्रेशन अवधि थप गरेको छ ।

रिक्यालिब्रेशन कार्यक्रम अन्तर्गत मलेसियाले गैर कानुनी श्रमिकलाई दुई अवसर दिएको छ । पहिलो निश्चित शुल्क तिरेर स्वदेश फर्कन पाइन्छ भने दोस्रो चाहिँ पुनः मलेसियामा आफ्नो कागजात सच्याउँदै कानुनी रूपमा काम गर्न पाइन्छ ।

त्यसको लागि एक सय ६० मलेसियन रिंगिट राजस्व तिरेर दूतावासमा आइ ट्राभल डकुमेण्ट बनाउनुपर्छ । ट्राभल डकुमेण्ट दूतावासले दुई दिनमा उपलब्ध गराउँछ । त्यसपछि ट्राभल डकुमेण्ट, टिकेट र ७२ घण्टाको पीसीआरको नेगेटिभ रिपोर्ट लिएर केएलआईए काउण्टरबाट चेकआउट मेमो लिएर नेपाल फर्किन सकिन्छ । पीसीआर रिपोर्ट पोजेटिभ भएको खण्डमा नेपाल फर्किन नपाइने पनि दूतावासले प्रष्ट पारेको छ ।

यस्तै मलेसिया सरकारले नेपाल लगायत दक्षिण एसियाली पाँच देशलाई खुल्ला गरेको छ । तर वैदेशिक रोजगारीको लागि अथवा नेपालबाट मलेसियामा श्रमिक लैजनाको लागि खुला नगरेको पनि दूतावासले प्रष्ट पारेको छ । दूतावासले आफ्नो साप्ताहिक फेसबुक लाइभमा यस विषयमा प्रष्ट पारेको हो । भिसा पर्याप्त अवधिसम्मको लागि भएमा नेपाल जान सकिने र नेपालबाट पुनः मलेसिया जानुपर्ने भएमा मलेसियाको इमिग्रेशनबाट एप्रुभल लिनुपर्ने जनाएको छ । इमिग्रेशनबाट एप्रुभल लिएमा मात्र मलेसिया फर्किन पाइने र नलिएमा फर्किन नपाइने पनि दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया