रुकुम पश्चिम : जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो

 असोज २४, २०७८ आइतबार १३:३७:३३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ११ अर्मामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

जीप दुर्घटनामा परेर सानीभेरी गाउँपालिका वडा नम्बर ९ का ३१ वर्षीय जीवन भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ । 

ग १ ज ४४५४ नम्बरको जीप सडकबाट १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । भण्डारीको घटनास्थलमै ज्यान गएको र अन्य दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

घाइते हुनेमा सानीभेरी गाउँपालिका-३ का १९ वर्षीय समीर परियार र वडानम्बर १० का २९ वर्षीय तिलक खड्का रहेका छन् । उनीहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।

यात्रु छाडेर फर्किने क्रममा जीप दुर्घटना भएको हो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया